
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचन रोक्न माग गर्दै पाटन उच्च अदालत गएका अध्यक्षका अर्का दाबेदार किरण मल्लको मुद्दा अदालतले खारेज गरेसँगै कार्की निर्विरोध हुनुभएको हो । बिहीबारको लागि तय भएको निर्वाचन अघि नै कार्की निर्विरोध हुनु भएको हो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित हुनु भएको छ । महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशभन्द्र दुलाल निर्वाचित छन् । यस्तै सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल कँडेल, विक्रम विष्ट र हिमप्रसाद पाठक निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा नरेन्द्र बल्ल निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा इशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन कुमारी जोशी निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका सात सदस्यका लागि बिहीबार निर्वाचन हुदैछ ।
प्रतिक्रिया दिनुहोस्