
काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैटौँ वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा विजयीहरुलाई पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पुरस्कार प्रदान गर्नुभएको थियो ।यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘सार्क–यसलाई क्षेत्रिय समृद्धिमका लागि कसरी सदुपयोग गर्न सकिन्छ’ भन्ने थियो । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमश : स्वर्ण, रजत र काँस्य पदकसहित स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसपछिका दश उत्कृष्ट विद्यार्थीलाई पनि सान्त्वना नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी “हाम्रो जीविकोपार्जनमा जलवायु परिवर्तनको प्रभाव – दक्षिण एसियामा साझा चुनौती” विषयक वक्तृत्व प्रतियोगितामा उत्कृष्ट हुनेलाई पनि स्वर्ण, रजत र काँस्य पदकका साथै स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसपछिका तेह्र उत्कृष्ट विद्यार्थीहरूले पनि स्मृति चिन्ह र नगद पुरस्कार प्राप्त गरे ।

दुवै प्रतियोगितामा ३८ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयका नेपाली विद्यार्थीहरुको राम्रो संख्यामा सहभागिता रहेको थियो । राजदूत हाश्मीले सहभागी विद्यार्थीहरूको सोच र प्रतिभाको प्रशंसा गर्दै भविष्यका चुनौतीहरूलाई आत्मसात गर्न आह्वान गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले दुई देशबीचको युवा अन्तरक्रियाको महत्वलाई अझ चिरस्थायी बनाउने उल्लेख गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्