
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घट्दै कारोबार मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँ कायम छ । बुधबार चाँदी तोलामा २५ रुपैयाँले घट्दै कारोबार मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा क्रमिक रुपमा सुनको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ । बिहीबार पनि सुनको मूल्य घटेर प्रतिऔंस १९३४.६२ अमेरिकी डलरमा आइपुगेको छ । चाँदी प्रतिऔंस २३.४६ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्