१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गोठाटारको ३१ रोपनी जग्गा विचौलियाले अपचलन गरेका छन् : सांसद आले


273
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपति क्षेत्र विकास कोषको जग्गा विचौलियाले अपचलन गरेको बताउनुभएको हो । उहाँले पशुपतिको मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदा पनि पर्यटन मन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोप लगाउनु भयो ।

उहाँले गोठाटारको ३१ रोपनी जग्गा विचौलियाले लिएर अपचलन गरेका बताउनु भयो ।सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो बोलेको बताउनु भयो ।

उहाँले निगमको यथार्थ आर्थिक अवस्थाको बारेमा संसदलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले थन्किएका जहाजलाई व्यवस्थापन गर्न मन्त्रीलाई चुनौती दिनुभयो । उहाँले पर्यटनमन्त्री किराँतीलाई स्टन्ट मन्त्रीको संज्ञा दिनुभयो ।