२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


शारिरीक अशक्तलाई भोजपुर नगरपालिकाले गर्‍यो सहयोग


182
Shares

काठमाडौं । शारिरीक रुपले अशक्तहरुलाई हिड्डुल गर्न समस्या भएपछि भोजपुर नगरपालिकाले सपोर्ट सामाग्री प्रदान गरेको छ ।

उनीहरुको दैनीक क्रियाकलाप र जीवनयापनमा सहज ल्याउने उद्देश्यले नगरपालिकाले सपोट सामाग्री प्रदान गरेको हो ।

बैशाखी, ह्वील चियर, ट्वाइलेट चियर, हियरीङ हेड, एल क्यान, सिपी चियर, एयर म्याकट्रिस, डाइपरलगायत सामाग्री प्रदान गरेको भोजपुर नगरपालिकाको महिला बालबालिका शाखाकी प्रमुख बुनु राईले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालय, करुण फाउण्डेशन र भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा ४० जना भन्दा बढी शारिरीक रुपले अशक्तलाई प्रदान गरीएको हो ।

नगरक्षेत्रका शारिरीक रुपले अशक्तहरुले सपोट सामाग्री पाए पछि दैनिकी सहज हुने उनीहरुको भनाइ छ ।