२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजारमा सामान्य सुधार


104
Shares

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको सुधार आएको छ ।

बिहीबार ५ अंकले वृद्धि भएर २ हजार ४२ अंकमा बन्द भएको हो । कारोबारमा आएका परिसूचकहरु मिश्रित देखिएका छन् । होटल तथा पर्यटनमा सबैभन्दा धेरै ४ प्रतिशतको वृद्धि हुँदा जीवन बीमा २, निर्जीवन बीमा १, उत्पादन तथा प्रशोधन र अन्य समूह पनि सामान्य अंकले वृद्धि भएको छ ।

बिहीबार व्यापार समूहमा १ प्रतिशतको गिरावट आउँदा बाँकी समूहमा पनि सामान्य अंकले घटेको छ । बिहीबार १३९ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा ७५ कम्पनीको भने घटेको छ । बिहीबार २७० कम्पनीको ७८ लाख ९६ हजार कित्ता शेयरको ३ अर्ब १६ करोड २८ लाख माथिको कारोबार भएको छ ।

सोही क्रममा सिटी होटल र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने भूगोल इनर्जी विकास कम्पनीको ५ प्रतिशत, मल्टिपरर्पाेज फाइनान्स लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ प्रतिशतले शेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमको आधारमा सर्वाेधिक शिवम् सिमेन्ट लिमिटेडको १७ करोड ९३ लाख माथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।