२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्घाखाँचीमा लम्पीस्किन रोगको संक्रमण


429
Shares

अर्घाखाँची । अर्घाखाँचीमा लम्पीस्किन रोगले १२७ वटा पशुचौपाय मरेका छन् ।

गाई वस्तुमा लाग्ने यो रोगकबाट ६ हजार भन्दा बढी गाईगोरु र भैंसी संक्रमित भएका छन् । यो रोगका कारण ५० प्रतिशत दूध उत्पादनसमेत घटेको छ । रोगका कारण सबै पालिकाका पशुचौपाय संक्रमति भएका छन् ।

गाई, गोरु र बाच्छाबाच्छीमा अत्यधिक संख्यामा देखापरेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख विष्णु पौडेलले रोग निर्मुल हुन नसकेका कारण आधा प्रतिशत दूध उत्पादन पनि घटेको पनि बताउनभयो ।

पशुमा खुट्टाका जोर्नी फुल्ने, घाउ ठूलो हुँदै जाने, किरा पर्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्‍याल र सिगान काड्ने, जस्ता समस्या देखा परेका छन । कुनै औषधि नभएपनि कार्यालयमा उपलब्ध औषधि वितरण गर्दै आएको पौडेलले बताउनुभयो ।

रोगका कारण स्थानीय खिमबहादुर पाण्डेका ६ वटा गाई लम्पी स्किन रोगबाट मरेका छन् । गाईगोरु र भैंसीमा देखा पर्ने लम्की स्किन रोगबाट किसानका गोठ रित्तिन थालेका छन् ।