१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयर साहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु भारतविरुद्धको प्रतिक्रिया : सांसद पन्त


819
Shares

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु भारतको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया भएको बताउनुभएको छ ।

बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले मेयर शाहले ग्रेटर नेपालको नक्सा राख्नु भारतको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया भएको बताउनुभएको हो । उहाँले भारतले नेपालको भूमी समावेश गराएर नक्सा राख्नु आपत्तिजनक भएको बताउनुभयो ।