
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका पार्टीहरुले सत्तामा जान र सत्तामा गएर सम्पति कमाउन मात्रै एकता गर्ने गरेका बताउनुभयो ।
बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा समाजवादी केन्द्र बन्न लागेको कुरातर्फ इंकित गर्दै को जुट्छ र को फुट्छ भन्ने जनताको चासोको विषय नभएको प्रतिक्रिया दिनुभयो ।
उहाँले आगामी आर्थिक वर्षको बजेट कटौती गर्ने भए गोरखा, डडेल्धुरा र नुवाकोटमा गएको बजेट कटाउनुपर्ने बताउनुभयो । अध्यक्ष केसीले तिन जना मान्छेले मात्रै कुल बजेटको ५१ प्रतिशत बजेट लगेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्