
काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्रका विभिन्न १४ सय स्थानमा स्मार्ट स्ट्रीट लाइट जडान गरेको जनाएको छ ।
सो क्षेत्रमा सिसिटिभी क्यामेरा जडानका लागि महानगरले जिल्ला प्रहरी परिसर ललितपुरसँग समझदारी समेत गरेको छ । समझदारी पत्रमा हस्ताक्षर गर्दै महानगर प्रमुख चिरिबाबु महर्जनले शान्ति सुरक्षाका लागि सीसीटीभी क्यामेरा महत्वपूर्ण हुने बताउनुभयो ।
महानगरको यो कार्यबाट शान्ति सुरक्षा कायम गर्न सहजता हुने उपत्यका प्रहरी कार्यालयका उपप्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यले बताउनुभयो ।
ललितपुर महानगरपालिकाले सीसीटीभी जडानका लागि जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धिबिक्रम शाहलाई ३ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । महानगरपालिकाले गत वर्ष पनि सिसिटिभी क्यामेरा जडान गर्न २ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्