२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओमानमाथि नेपालको जित


22.074k
Shares

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतक, भीम सार्कीको अर्धशतक र सोमपाल कामीको पाँच विकेटको सहयोगमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेलमा ओमानमाथि २ विकेटको जित हात पारेको छ ।

जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेपालल ४४.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपाललाई सहज जित दिलाउन ओपनर कुशल भुर्तेलले ९४ बलमा १३ चौका र २ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेले । उनी ३१ औं ओभरमा रिटायर्ट आउट हुँदै दीपेन्द्र सिंह ऐरीलाई ब्याटिङको अवसर दिएका थिए ।

दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले १ सय १५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । भीम सार्की ५६ रनमा क्याच आउट भए । आसिफ शेख २३ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले २६ रन बनाउँदा कुशल मल्लले १७ रन बनाए । कप्तान रोहित पौडेल ३१ रनमा आउट भए ।

नेपालका सन्दीप लामिछानेले छक्काका साथ खेल सकाएका थिए । ओमानका अकिब इलियासले चार विकेट लिए । त्यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४९.२ ओभरमा २ सय ६७ रनमा अल आउट हुन पुगेको थियो ।

ओमानका कप्तान जिशान मकसुदले १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । सोमपाल कामीले ९.२ ओभरमा २ मेडनसहित ५७ रन खर्चेर ५ विकेट लिए ।