१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरपालिकाले रिङरोड आसपासका टिकट काउन्टर आजदेखि हटाउँदै


4.914k
Shares

काठमाडौं । काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउने भएको छ ।

महानगरपालिकाको बिहीबार बसेको बैठकले असार १ गतेदेखि महानगरपालिका भित्र तथा रिङरोड आसपास रहेका टिकट काउन्टरहरूका बोर्ड हटाउने निर्णय गरेको हो ।

यत्रतत्र छरिएर रहेका टिकट बुकिङ काउन्टरहरुलाई निश्चित स्थानमा केन्द्रीत गरी व्यवस्थित गर्नका लागि महानगरपालिकाले कार्यदल पनि बनाएको छ ।

जगतमान श्रेष्ठको संयोजकत्वमा बनेको १४ सदस्यीय कार्यदलले यात्रुहरु चढाउने र ओराल्ने स्थानको ठेगान पनि सोही कार्यदलले तय गर्ने जनाइएको छ ।