१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपाले बोलायो केन्द्रीय समितिको बैठक


429
Shares

काठमाडाैं । जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक असार ९ गतेका लागि विधान अधिवेशनको तयारी गर्न बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरुले पठाएको सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल गर्नेछ ।

केन्द्रीय समिति सदस्यहरुलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ । जसपाले असार १०, ११ र १२ गते काठमाण्डौमा विधान अधिवेशन गर्दै छ ।

विभिन्न समिति र सङ्गठनबाट गरी ७ सय ७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुँदै छन्, जसमध्ये ४ सय २३ जना केन्द्रीय समिति सदस्यहरु रहेका छन् ।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी ४ सय २३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने छन् ।