१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङमा अविरल वर्षाका कारण जनजीवन प्रभावित


2.379k
Shares

ताप्लेजुङ । अविरल वर्षाका कारण ताप्लेजुङको पुर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

दुई दिन देखिको अविरल वर्षाका कारण सिरीजंघा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुर्याएको हो ।

बिहीबार राती आएको बाढीले सिरीजंघाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोला माथीको पक्की पुल बगाएको छ । एक महिना अघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको हो ।

सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा दुई वटा जलविद्युत आयोजनामा बाढीले क्षति पुगको छ । स्थानीय पेम्बा शेर्पाका अनुसार ८ किलोवाट क्षमताको तुम्याखोला लघु–जलविद्युत आयोजनाको पावर हाउस बाढीले बगाएको छ भने, १५ किलोवाटको काबेली माइक्रो हाइड्रो पावरको पाइप बगाएको छ ।

त्यसैगरी, स्थानीय जगतबहादुर राईको घर बाढीका कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय बिहीवारदेखि वर्षाका कारण बन्द गरिएका छन् । निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रसित बनेको खेवाङका शिक्षक बिनम माबोले बताउनुभयो ।

विशेष गरि जिल्लाको पुर्वी भेगमा पर्ने खेवाङ, याम्फुदिन, मामांखे, सुरुम्खिम लगायतका ठाउँमा वर्षा भइरहेको छ ।