३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


शंकाको सुविधा दिएर मधेसमा एमालेको विश्वासको मत : योगेशकुमार भट्टराई


3.575k
Shares

काठमाडौं । नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताउनुभएको छ ।

एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुग्नुभएका एमाले सचिव भट्टराईले शंकाको सुविधाकै आधारामा एमालेले मधेस सरकारलाई विश्वासको मत दिएको बताउनुभएको हो ।

मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकांकमा सबैभन्दा पछाडी परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको बताउनु भयो । सचिव भट्टराईले प्रदेशको विकासका लागि कोही पनि बिरोधी बन्नु नहुने बताउनु भयो । उहाँले एमालेबाट पदेश विकासमा कुनै बिरोध नहुने स्पष्ट पार्नुभयो ।

फरक प्रसंगमा भट्टराईले सरकारले केही व्यापारिक घरानाको ईशारामा बजेट ल्याइएको आरोप लगाउनु भयो । केही पुँजीपतिहरुलाई फाइदा पुर्याउनकै लागि राजश्व र करको दायरामा हेरफेर गरिएको भट्टराईको आरोप थियो ।