१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकियो, आजै थुनछेक आदेश आउन सक्ने


2.327k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ ।

बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि आज (शुक्रबार) सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन् । सरकारी वकिलहरूले राज्यविरुद्धको अपराधका अभियुक्तहरू भएकाले उनीहरूलाई छोड्दा प्रमाण नष्ट गर्ने सम्भावना भएकाले थुनामै राखेर थप अनुसन्धान अघि बढाउनुपर्ने माग इजलाससमक्ष राखेका छन् ।

सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने, दिनेश भट्टराई, निर्मला मरासिनी, महेश खत्री, र लक्ष्मण घिमिरेले जवाफी बहस गरेका हुन् । जवाफी बहस सकिएसँगै अब न्यायाधीश न्यौपानेले यस मुद्दामा आदेश दिने बताइएको छ ।

उनीहरूले अभियुक्ततर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् । सरकारी वकिलपछि जाहेरीवालातर्फका वकिलले जवाफी बहस गर्दै आफ्नो पक्षको जाहेरी कानुनसम्मत भएको र प्रमाण पुर्‍याउने भार सरकारी पक्षको भएको भन्दै अभियुक्तलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् । न्यौपानेले पक्राउ परेका १८ जना अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने र साधारण तारेखमा छाड्ने आदेश गर्न सक्ने बताइएको छ ।