
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने उहाँको भनाई थियो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे एउटा राम्रो परम्पराको सुरुवात पनि हुने र संसदको पनि गरिमा बढने बताउनुभयो ।
अध्यक्ष लिङ्देनले बजेटमा सत्तापक्ष भित्र रुवाबासीको अवस्था रहेको देखिनु बिडम्बनापूर्ण रहेको समेत बताउनुभयो ।
अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरुले लोभ गरेर आफ्नो पक्षमा पारेको बजेट खर्च हुने अवस्था नरहेको जिकीर समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्