
बारा । जिल्ला प्रहरी कार्यालय बाराले सुरक्षा केन्द्रित आन्तरिक अभियान सक्रिय बनाएपछि संङ्गठित अपराधका घटनामा कमी आएको दावी गरेको छ ।
अबैध लेनदेन, संङ्गठित अपराध र सामाजिक सुरक्षालगायतका क्षेत्रमा सकृयता देखाएपछि जिल्लामा सबै खाले आपराधिक घटनामा कमि आएको प्रहरीको भनाइ छ । बैंकिङ कसुर तथा नियमित घटने सामाजिक घटनाका उजुरीबाहेक डकैती र करणी पछि हत्याको घटनामा शुन्य बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले अपराध गर्ने अपराधी जता लुकेपनि उम्कन नसक्ने अवस्था बनाउन प्रहरी सफल बन्दै गएको बताउनुभयो ।
दैनिकजसो हुने हत्या, अपहरण, फिरौती, डकैत, बलात्कारका घटनाले केही वर्ष अघि बारा जिल्ला सुरक्षाको दृष्टिकोणले मुलककै संवेदनशिल जिल्ला बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्