
फाइल तस्बिर
काठमाडौं । स्वास्थ्यमा पुनःसमस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ ।
शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको राष्ट्रपतिकाे सचिवालयले जनाएकाे हो ।
मुटुमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना हुनुभएको हो । राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ ।
गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो । अघिल्लो महिना मात्रै राष्ट्रपति पौडेलले भारतको नयाँदिल्लीमा उपचार गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्