१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धरानको वीपीका इन्टर्न चिकित्सकहरू आन्दोलित


351
Shares

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकले कालोपट्टी बाँधेर सेवा दिने भएका छन् ।

यसअघि जीवन निर्वाह भत्ता वृद्धिका लागि भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरुले बिरोधका कार्यक्रम गर्दे आएका हुन् । मौखिक आश्वासनको भरमा मात्र विरोधका कार्यक्रम रोक्न नसकीने भन्दै संघर्ष समितिले कालोपट्टी बाँधेर सेवा दिने जनाएको हो ।

प्रतिष्ठानका पदाधिकारीले आफ्ना मागप्रति सकारात्मक बनेर सिनेट बैठकमा राख्न आग्रह गर्दे आएका छन् । लिखित आश्वासन नआएसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिने उनीहरुको भनाई छ ।

इन्टर्न चिकित्सकको हितमा आन्दोलन गरेको भन्दै विद्यार्थीको आन्दोलनलाई सम्बोधन गर्न माग छ ।