
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गर्नुभएको छ ।
रास्वपाको बागमती प्रदेश समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न आह्वान गर्नुभएको हो ।
सभापति लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म विधि र विधान बनाइने उल्लेख गर्नुभयोे ।
रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस्