८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


राजनीतिमा जुका जसरी टाँसीरहेर सम्पत्ति जोड्ने प्रचलन अन्त्य गर्नुपर्छः सुशीला कार्की


364
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिमा जुका जसरी जीवनभर टाँसीरहने र आफ्नो ३/४ पुस्तालाई पुग्ने गरी सम्पत्ति जोड्ने प्रचलनको अन्त्य गनुपर्ने बताउनु भएको छ ।

राजनीति गर्नेहरुले पनि कुनै पेशा गरेर मात्रै खान पाउने व्यवस्था लागु गनुपर्ने उहाँले बताउनु भएको हो ।

शनिबार काठमाडाैंमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले अमेरिकामा राष्ट्रपति भएकाहरुले विभिन्न पेशा अंगालेर अघि बढेको दृष्टान्त पेश गर्दै हाम्रा राजनीति गर्नेहरुमा पनि जीवन रहेसम्म सम्पत्ति जोडने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने बताउनुभयो ।

उहाँले राजनीति गर्नेहरु अध्ययनशील हुनुपर्नेतर्फ पनि सचेत गराउनु भयो । पूर्वप्रधानन्यायाधीश कार्कीले गरिबले सिटामोल पनि नपाउने तर नेताहरुले उपचार खर्चको नाममा करोडौं राज्यकोष दोहन गर्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा उपाध्यायले संविधानमा पनि भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई राजनीतिकरण गर्न प्रशस्तै ठाउँ दिएको स्मरण गराउनुभयो ।