१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


यमनमा पानीको चरम अभाव, लाखौं मानिस प्रभवित


52
Shares

एजेन्सी । द्वन्दग्रस्त मुलुक यमनमा पानीको चरम अभाव हुँदा लाखौं मानिस प्रभवित भएका छन् ।

हुथी विद्रोही र साउदी अरब समर्थित गठबन्धन बीच द्वन्द्व सुरु हुनुअघि नै चरम पानीको अभाव झेल्दै आएको यमनमा अहिले पानीको हाहाकार भएको हो ।

खानेपानीको जोहो गर्न बाध्य बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । युद्धले यमनको महत्वपूर्ण पूर्वाधारमा क्षति पुग्नुका साथै बढ्दो तापक्रमले पानीको अभाव चर्किएको हो । अरब प्रायद्वीपको सबैभन्दा गरिब देश यमनमा २० वर्षभित्रमा भूमिगत पानीको स्रोत पूर्ण रूपमा समाप्त हुने चेतावनी दिइएको छ ।

यमनको तेस्रो ठूलो शहरले अहिले सबैभन्दा खराब अभावको सामना गरिरहेको र करिब एक करोड ४५ लाख मानिस सुरक्षित पिउने पानीको पहुँचबाट वञ्चित हुनुपरेको एक तथ्यांकले देखाएको छ । रेडक्रस अनुसार यमनका ३० प्रतिशतभन्दा कम भू(भागमा पाइपबाट पानीको पहुँच कोसेलीको रूपमा पुगेको छ ।

लाखौं मानिस पिउने पानीका लागि निजी कम्पनी वा असुरक्षित इनारमा निर्भर हुन बाध्य छन् ।