
एजेन्सी । सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५ बालबालिका र अधिकांश महिला रहेका छन् । सुडानी सेनाका जनरलले अर्धसैनिक र्यापिड फोर्सविरुद्ध कारबाही तीब्र पार्ने धम्की दिएको एक दिनपछि नै यो आक्रमण भएको हो ।
सुडानमा अर्धसैनिक बल ‘र्यापिड सपोर्ट फोर्स’ आर.एस.एफ.बीच गत अप्रीलबाट शुरु भएको संघर्षमा पछिल्लो समय सर्वसाधारणलाई निशाना बनाइएको छ ।
राजधानी खार्तुमको योरमौक निकट क्षेत्रमा भएको हवाई हमलाका कारण २५ वटा घर ध्वस्त भएका छन् । सो क्षेत्रमा सुडानी सेनाद्वारा नियन्त्रित सैन्य क्याम्प समेत रहेको छ ।
दुई समुहबीचको युद्धमा हालसम्म हजारौंको मृत्यु भइसकेको छ भने लाखौं पलायन भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्