
काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको आज पनि स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।
महाराजगञ्ज स्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो । अस्पतालले आइतबार (आज) पौने ११ बजे राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै मुटुको चालको निगरानी भइरहेको जनाएको छ ।
शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो । गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो ।
अघिल्लो महिना मात्रै राष्ट्रपति पौडेलले भारतको नयाँदिल्लीमा उपचार गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्