
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताउनुभएको छ ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रमुख सचेतक परियारले आर्थिक रुपमा संघीयताको बारेमा उल्लेख्य काम हुन नसकेको गुनासो गर्नुभयो । उहाँले केन्द्रले स्थानीय तहको अधिकार मिचेर सशर्त अनुदान दिएको बताउनुभयो । उहाँले कार्यविधि केन्द्रले बनाएर स्थानीय तहमा पठाउने कुरा गलत भएको बताउनुभयो ।
प्रमुख सचेतक परियारले संघीयताविरुद्ध खर्चालु भयो भन्ने जस्ता आवाज उठाएर संघीयतामाथि मिथ्या सूचना फैल्याइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्