
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी रहेको बताउनुभएको छ ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
एमाले प्रमुख सचेतक गिरीले वडाले पनि विनियोजन गर्न नसुहाउने खालको बजेट केन्द्रिय सकरकारले विनियोजन गरेको आरोप लगाउनुभयो । उहाँले बज्ेट प्रतिफल आउने ठाउँमा हुन नसकेको बताउनुभयो । उहाँले सरकारले बनाएका नीतिमा सरकार इमान्दारिताका साथ खरो रुपले उत्रिनसके मात्रै संघीयता बलियो बन्ने बताउनुभयो ।
प्रमुख सचेतक गिरीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गरेपनि प्रतिफल आउने ठाउँमा लगानी हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्