६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ताप्लेजुङमा राहत र उद्धार तिव्र पारिँदै


416
Shares

ताप्लेजुङ । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी पहिरो पीडितको थप उद्धार र राहतका लागि स्थानीय तह, प्रदेश र केन्द्र सँग समन्वय गरि आवश्यक सहयोग लिएर जुट्ने निर्णय गरेको छ ।

क्षतिको प्रारम्भिक विवरण संकलन गरि प्रदेश र केन्द्रलाई पठाउने र आवश्यकता अनुसार सहयोग लिएर पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो ।

तत्कालका लागि स्थानीय तह र रेडक्रससँग समन्वय गरेर राहत र उद्धारको काम भईरहेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो ।

राहत र उद्धारका लागि तयारी रहन सम्बन्धित पक्षलाई अनुरोध समेत गरिएको छ । समितिले बाढी पहिरोले अवरुद्ध बनेका मेची राजमार्ग र तमोर करिडोर चाँडो सञ्चालनमा ल्याउने गरि आवस्यक पहल गर्ने निर्णय भएको छ ।