१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भोलि


117
Shares


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

बैठक सोमबार बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । रास्वपाले असार ७ गते पार्टी पार्टी स्थापना भएको १ वर्ष पुगेको अवसरमा स्थापना दिवस मनाउँदैछ । पार्टी स्थापना दिवसका अतिरिक्त राजनीतिक कार्यदिशा, कार्यक्रममाथि पनि छलफल हुने ढकालले बताउनुभयो । पार्टी स्थापना दिवसकै दिन दस्तावेज सार्वजनिक गर्ने तयारी गरिए पनि पुनर्लेखन गर्नुपर्ने आवाज उठेपछि थप छलफल गर्ने रास्वपाले तयारी गरेको छ । महामन्त्री ढकाल नेतृत्वको नीति तथा विचार विभागले राजनीतिक दस्तावेज तयार पारेको हो ।

६८ पृष्ठको दस्तावेजमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको वर्तमान संरचना खारेज, गैरदलीय राष्ट्रिय सभा परिकल्पना गरिएको छ । दस्तावेजमा दस वर्षसम्म दलको सदस्य नभएको राष्ट्रपति हुने र उपराष्ट्रपति खारेज गरेर राष्ट्रिय सभा अध्यक्षलाई नै त्यो भूमिका दिनुपर्ने प्रस्ताव गरिएको छ ।