१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालद्वारा जिम्बावेसामु २ सय ९१ रनको लक्ष्य प्रस्तुत


143
Shares

काठमाडौं । कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीको सहयोगमा नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध २ सय ९१ रनको लक्ष्य पेश गरेको छ ।

जिम्बावेको हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय ईनिङ खेले । कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए । कुशल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध पहिलो शतक बनाउन मात्र १ रनले चुके । पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए ।

यो नेपालबाट ओडिआई क्रिकेटमा भएको उच्च साझेदारी हो । तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान पौडेल ३१ रन बनाउदै आउट हुँदा मल्ले ४१ रन बनाए ।गुलसन झाले १३ रन बनाउँदा आरिफ शेख १० रन बनाएर आउट भए । जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १÷१ विकेट आफ्नो नाम गरे ।