२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परि ५ जनाको मृत्यु


260
Shares

काठमाडौं । पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परि ५ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा अहिलेसम्म पाँच जनाको ज्यान गएको छ भने २८ जना वेपत्ता भएका छन् । दर्जनौं घर क्षतिग्रस्त भएका छन् ।

सडक, पुललगायतका संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ । निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

बाढीपहिरोमा परी पाँचथरमा दुई तथा संखुवासभा र ताप्लेजुङमा एक–एक जनाको मृत्यु भएको छ । यस्तै, धनकुटाको छथर जोरपाटी–४ तेलियास्थित तमोर नदी किनारमा आइतबार साँझ एक महिलाको शव फेला परेको छ ।

संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् । संखुवासभामा हेवा खोलाको बाढीले पाँचखपन नगरपालिका–९ का सन्तोष राईको ज्यान लिएको छ । चैनपुर नगरपालिका–४ मा निर्माणाधीन ६ मेगावाटको सुपर हेवा हाइड्रोपावरका १८ जना सम्पर्कविहीन छन् ।

खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भन्ने यकिन हुन सकेको छैन ।