
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।
सोमबार बिहान बालकोटमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा उहाँहरूले समसामयिक राजनीतिका विषयमा कुराकानी गरेका बताइएको छ ।
यस्तै, उक्त भेटवार्तामा चौधरीले आफू जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा ओलीलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।
चौधरीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटवार्ता गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्