
काठमाडौं । पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ ।
याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
उद्धार गरिएकाहरुमा याङबरक १ का नरमाया गुरुङ,सन्दीप गुरुङ,हिमा गुरुङ,कृष्ण गुरुङ, जितमाया गुरुङ,काजी गुरुङ, सुनिता गुरुङ, मनकुमारी गुरुङ, सुष्मा गुरुङ पदमबहादुर गुरुङ र मनमाया खालिङ रहेका छन् ।
उनीहरुलाई फेदी गाउँबाट स्थानीय च्याङथापु बजारमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ ।
उनको शव धनकुटाको ५ छथरजोरपाटीस्थित तमोर नदीको किनारमा फेला परेको हो । पाँचथरको बाढीपहिरोमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस्