१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही छैन : प्रभु साह


156
Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष शाहले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताउनुभएको हो । उहाँले ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्टयाएको भएपनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको बताउनु भयो । उहाँले रातो कितावमा स्पष्टसँग विद्युत प्राधिकरण अन्र्तगत हुने खर्चहरु नलेखिएको भन्दै त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको बताउनु भयो ।

उहाँले प्राधिकरणले आफुलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको बताउनु भयो । प्राधिकरणले व्यापारिक घरानाहरुलाई सेवा गरेको तर गाउँघरमा विद्युत प्रशारण गर्न नसकेको बताउनु भयो ।