१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गोकर्ण बिष्टको प्रश्न – जुनसुकै कम्पनीले उत्पादन गरेको विजुली भारतले किन्छ ?


936
Shares

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण बिष्टले सरकारले विद्युतको आन्तरिक खप त बढाउन नसकेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद बिष्टले आज पनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट विजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएपनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित विजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा कुने सहमति भएको छ ? भन्दै प्रश्न गर्नुभयो ।

सांसद बिष्टले १० हजार मेगावाट विजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा सरकार गम्भीर बन्न नसकेको बताउनुभयो ।

एमाले सचिव समेत रहनुभएका बिष्टले आन्तरिक खपत बढाउनुको ठाउँमा विद्युत खेर जाने भयो भनेर विद्युत उत्पादन बन्द गर्नु नहुने बताउनुभयो ।