१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्राकृतिक विपदबाट बच्न एकीकृत बस्ती बनाऔं : देवेन्द्र पौडेल


104
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपद्बाट बच्न एकीकृत बस्ती बनाउनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले प्राकृतिक विपद्बाट बच्नका लागि एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

सांसद पौडेले कुनै जमिनमा विद्युत, पानी र यातायातको सुविधा पुर्‍याएर मात्रै त्यहाँ बस्ती बनाउनुपर्ने बताउनुभयो । उहाँले प्राकृतिक विपद्बाट सिर्जित समस्याहरुलाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीको सिफारिसमा तुरुन्त पीडितलाई उद्धार, राहत र पुर्नस्थापना गर्न सकिने संयन्त्र बनाउनुपर्ने बताउनुभयो ।

सांसद पौडेलले समाज अराजकतातिर गएको भन्दै असत्य र भ्रामक समाचार सम्प्रेषण गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने पनि बताउनुभयो । उहाँले दिगो विकास लक्ष्यलाई भेट्नेहरु सरकारको बजेट तथा मन्त्रालयका काम, कारबाहीहरु अगाडी बढ्नुपर्ने बताउनुभयो ।