१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


परजीविलाई परास्त नगरेसम्म श्रमजीविको उत्थान हुँदैन : मन्त्री गुरुङ


169
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुन नसक्ने बताउनुभएको छ ।

सोमबारबाट काठमाडौंमा सुरु भएको टे«ड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा श्रमजीवि र परजीवि गरी दुई प्रकारका जीवि रहेको उल्लेख गर्दै परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुले सम्मान पाउन नसक्ने बताउनुभयो ।

मन्त्री गुरुङले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम ट्रेड युनियन कांग्रेसले गर्नुपर्ने बताउनुभयो । उहाँले ट्रेड युनियन कांग्रेसले मागेर नभइ खोसेर आफ्नो अधिकार लिन सक्नुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले मुलुक भ्रष्ट प्रवृत्तिका कारणले बन्न नसकेको भन्दै भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।