२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सिन्धुलीमा पर्यटन प्रवर्द्धन गर्न राइडर यात्रा


988
Shares

सिन्धुली । सिन्धुलीमा रोयल इन्फिल्ड मोटर साइकलको माध्यमबाट राइडर यात्रा शुरु गरिएको छ ।

राजधानी स्थित हिमालयन मोटरसाइकल एक्सप्रियन्स क्लवको आयोजनामा वर्षेनी हुदै आएको देश दौडाहारुपी मोटरसाइकल राइडर यात्रा यसपटक तराइ र भित्री तराइका जिल्लाका साथै सिन्धुलीमा पनि सञ्चालन गरिएको हो । बाइक राइडरहरु राजधानी काठमाडौबाट मकवानपुर हुँदै तराई र भित्री तराईका आँप बगैंचामा पुग्दा आन्तरिक पर्यटनमा सघाउ पुगेको सहभागीले जनाएका छन् ।

लगातार चार दिनसम्म बीपी राजमार्ग, मदन भण्डारी राजमार्ग, पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल राइडर यात्रा शुरु भएको हो । बाइक राइड यात्रामा हिमालयन मोटरसाइकल एक्स्पेरियन्स क्लवका कुल ४० वटा रोयल इनफिण्ड मोटर साइकल र हिमालयन मोटरसाइकल एक्स्पेरियन्स क्लवका कुल ५० जनाको सहभागिता रहेको छ । यसअघि पनि क्लवले सिन्धुलीको जुनार, सिन्धुलीगढी, जुम्लाको स्याउ उत्पादन क्षेत्रका साथै देशका पर्यटकीय गन्तव्यहरुमा बाइक राइडर यात्रा गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आएको जनाएको छ ।