२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित : सिटौला


130
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको नेतृत्व गर्ने नेताहरुमा राष्ट्र र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हावी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

नेता सिटौलाले पछिल्लो समय नेताहरुमा मात्रै नभएर सरकार,संसद,न्यायालय,राज्यका संवैधानिक निकायहरु समेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हावी भएको दाबी गर्नुभयो । उहाँले राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको बताउनुभयो । नेता सिटौलाले नेपालको वर्तमान राजनीतिक अवस्थाले निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने बताउनुभयो ।

नेता सिटौलाले कांग्रेस भित्रको अवस्थामा अहिले कै निरन्तरतामा चल्ने हो भने २०५८ सालतिरको अवस्था हुने बताउनुभयो । उहाँले एक पटक कांग्रेसले देशमा आम जनताले चाहेको जस्तो देश बनाउने बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्ने बताउनुभयो ।