१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यातापोल मन्दिर निर्माण भएको ३ सय २२ वर्ष पुग्यो


4.693k
Shares


भक्तपुर । नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातापोल (पाँचतले) मन्दिर स्थापनाको ३ सय २२ वर्षमा प्रवेश गरेको छ ।

भक्तपुर टौमढी स्थित विश्व सम्पदा न्यातापोल आज ३ सय २१ वर्ष पूरा भएको हो । मन्दिर निर्माण पूरा भएको दिनको सम्झनामा आज झन्डोत्तोलन गरि बुसादाँ वर्षवन्धन पूजा समेत गरिएको छ । तत्कालीन मल्ल राजा भुपतिन्द्र मल्लको पालामा १८ औँ शताब्दीमा नेपाल संवत् ८ सय २२ असार शुक्लपक्ष प्रतिपदाको दिन मन्दिरको निर्माणकार्य पूरा भएको हो । मन्दिरको सरसफाइ र मर्मत गर्ने उद्देश्यले मल्लले नै वर्षमा एक पटक वर्षबन्धन पूजा गर्ने परम्परा चलाउनुभएको थियो ।

मन्दिरको मूल गर्भगृहमा तान्त्रिक रुपमा सिद्धीलक्ष्मी स्थापना गरिएको छ । सक्व,झौख्य,चाँगु,गोकर्ण,पन्ती,छालिङ,जितपुर र वागेश्वरीका स्थानीय सहयोगमा मन्दिर निर्माण गरिएको थियो । साथै,मन्दिर निर्माण कार्यको भोजमा नेपाल मण्डलका ३० हजार मानिसको उपस्थिति थियो ।