२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्छ : महामन्त्री थापा


182
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

उहाँले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताउनुभयो । महामन्त्री थापाले कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताउनुभयो ।

महामन्त्री थापाले कांग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि कांग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गर्नुभयो । उहाँले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले कांग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताउनुभयो । उहाँले देश अफ्ठ्यारोमा भएको बेला कांग्रेसले देशलाई ठिक ढङ्गले सम्हाल्न सक्नुपर्ने बताउनुभयो । उहाँले यस्तो बेलामा कांग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताउनुभयो ।

महामन्त्री थापाले सिङ्गो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो नहुने बताउनुभयो । महामन्त्री थापाले कांग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । उहाँले देश बदल्न सकिन्छ भन्ने आत्माविश्वास लिनुपर्ने बताउनुभयो ।