
ओखलढुंगा । ओखलढुंगामा मंगलबार देखि कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कप नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
जिल्ला सदरमुकाममा रहेको खेल मैदानमा प्रतियोगिता सुरू भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३–१ गोलले ओखलढुंगा विजयी भएको छ । सोलुखुम्बुलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै ओखलढुङ्गाले आफ्नो विजयी यात्रा सुरुवात गरेको हो ।
यस्तै, प्रतियोगिताको दोस्रो खेल मोरङ भर्सेज उदयपुरबीच भएको छ । प्रतियोगितमा मोरङलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै उदयपुरले विजयी सुरुवात गरेको हो । मंगलबारको खेलमा २ गोल गर्न सफल ओखलढुंगाका संजय गुरुङ र उदयपुरका १ गोल गर्न सफल सुनिल खड्का म्यान अफ दी म्याच घोषित भएका छन् । उनीहरुलाई जनही ४ हजार नगद प्रदान गरिएको छ ।
यस्तै, बाढी पहिरोका कारण ताप्लेजुङबाट खेलाडी आउन नपाएपछि आयोजकले इलामलाई वाकओभर दिएर विजयी घोषणा गरेको छ । बुधारको खेल धनकुटा र भोजपुरबीच र सुनसरी र पाँचथरबीच हुँदैछ ।
प्रतियोगिता असार ९ गते फाइनल गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्