१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढिपहिरोका पीडितलाई उद्धार, उपचार र राहतको तत्काल व्यवस्था गर्न पाण्डेको सरकारसँग माग


286
Shares

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढि पहिरोका पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले तीन वटै तहका सरकारले बाढीपहिरो पीडितहरुलाई राहत, उद्धार र उचित क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

प्रमुख सचेतक पाण्डेले सो घटनामा परी मृत्यु भएकोहरुप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गर्नुभयो ।

प्रमुख सचेतक पाण्डेले पीडितहरुलाई पुनर्वासको व्यवस्था गर्न पनि सरकारलाई ढिलाई नगर्न सचेत गराउनुभयो ।