
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गर्नुभएको छ ।
मंगलवार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले नेपाल स्काउटले दक्षिण एशियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिनसक्नु साथै अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरु नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम गरिहेको प्रमाणित हुने बताउनु भयो । उहाँले कोरोना महामारीका बेलामा पनि स्काउटले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
उहाँले देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आउनु राम्रो भएको भन्दै अझै यसलाई अघि बढाउँदै लैजानुपर्ने बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले नेपाल स्काउटले समाजमा कलंकको रुपमा रहेको लागू औषधबाट युवाहरु टाढा राख्ने कुरा, महिला हिंसाबिरुद्धका अभियान लगायत विभिन्न सामाजिक घटननाहरुमा साथ र सहयोग गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्