६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई सभामुखको निर्देशन


546
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिनुभएको छ ।

मंगलबार १५ मिनेट स्थगित भई बसेको प्रतिनिधिसभा बैठकमा उहाँले सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटी भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिनुभएको हो ।

यसअघि बसेको बैठकमा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशको नाम नराखि प्रदेश ५ राखेर सहरी विकास मन्त्रालयको विनियोजन शिर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढन नदिने अडान लिएका थिए ।

एमाले सांसदहरुले अवरोध गरेपछि यस अघि बसेको प्रतिनिधि सभा बैठकमा सहरी विकासमन्त्री सिता गुरुङले सो विनियोजन शिर्षकमा केही त्रुटी भए सच्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।