३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


नवलपुर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा


104
Shares

नवलपुर । नवलपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जिल्लालाई आर्थिक वर्ष २०७९/०८० का लागि पूर्ण खोप सुनिश्चितता घोषण गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध खोप प्रदान गरेको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७८/०७९मा बालबालिकालाई दिने अन्तिम खोप दादुरा रुबेलाको दोस्रो मात्रा लगाउने बालबालिकाहरुको संख्या ५ हजार ७ सय ५३ जना रहेको र त्यसको प्रगति भने ९७ प्रतिशत रहेको बताउनुभयो ।

यस आर्थिक वर्षको बैशाखसम्म उक्त खोप लगाउनेको संख्या ४ हजार ७ सय २ रहेको छ ।