५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बैंकको ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी


624
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्नुभएको छ ।

मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उहाँको तर्क थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भिर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने दाबी समेत गर्नुभयो ।

प्रमुख सचेतक चौधरीले युवाहरुलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।