२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


समाजवादी मोर्चाबाट कांग्रेस तर्सिएको छैन : प्रदीप पौडेल


169
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताउनुभएको छ ।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताउनुभएको हो ।

सांसद पौडेलले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको बताउनुभयो ।

सांसद पौडेलले समाजवादी मोर्चासँग आशंका गरेर काँग्रेस सरकारबाट नबाहिरिने बताउनुभयो । उहाँले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताउनु भयो ।

सांसद पौडेलले पार्टीबाट गरिने निर्णयहरु सभापति र सभापतिका नजिकका केही नेताहरुमात्रै बसेर गर्न नहुने बताउनुभयो ।