
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गर्नुभएको छ ।
मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमाले र कांग्रेसबीच समीकरण बन्न सहज नरहेको दाबी गर्नुभएको हो ।
सांसद सापकोटाले अहिले नै एमाले र कांग्रेसबीचमा समीकरण भइहाल्ने र नयाँ ढंगले वर्तमान समीकरण बदल्न सहज नरहेको बताउनुभयो । उहाँले समाजवादी मोर्चा बनाएकोमा कोही पनि तर्सिन आवश्यक नरहेको बताउनुभयो । उहाँले समाजवादी मोर्चा भनेको समाजवादका आधारस्तम्भ निर्माण गर्न निर्मित भएको बताउनुभयो ।
सांसद सापकोटाले समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरुलाई संगठित गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा गठन भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्