२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकामाथि नेपालको जित


6.331k
Shares

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो ।

भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ ।

नेपालको जितमा भीम सार्कीले ११४ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले ।